free website hit counter

साझाले थाल्यो सुरक्षाको उपाय स्यानिटाइजर छर्केर यात्रा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि साझा यातायातले बसभित्र स्यानिटाइजर छर्केरमात्र सेवा सुरु गर्न थालेको छ । यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ । साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार अनुसार यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक स्प्रे गर्ने गरिएको छ । बसभित्र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरेको उनले बताए । पाण्डेका अनुसार बसका चालक र परिचालकहरुलाई स्वास्थ्य परीक्षण गरेर मात्र काममा खटाउने गरिएको छ । उनीहरु सबैले मास्क पनि लगाउने गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत दूरी राख्नु पर्ने भएकाले साझा बसका चालक र परिचालकहरुले सकेसम्म बसमा खचाखच यात्रुहरु नभर्ने पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार