free website hit counter

साढे पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन

beemaadmin
२०८३ असार १५, सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले आइतबार सूचना जारी गर्दै पहिलो चरणमा स्वास्थ्य बीमाअन्तर्गत बहिरङ्ग (ओपीडी) सेवा मात्र सञ्चालनमा ल्याइने जनाएको हो।

अस्पतालका अनुसार स्वास्थ्य बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म स्वास्थ्य बीमा टिकट काउन्टरबाट वितरण गरिनेछ।

Advertisement
Advertisement

स्वास्थ्य बीमासम्बन्धी थप जानकारी वा कुनै समस्या भएमा अस्पतालको स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।

Advertisement
Advertisement

बीमा बोर्डबाट दाबी भुक्तानी हुन नसकेको भन्दै शिक्षण अस्पतालले २०८३ साल माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो। करिब साढे पाँच महिनापछि अस्पतालले पुनः बीमाअन्तर्गतको ओपीडी सेवा सञ्चालनमा ल्याएको हो।

सम्बन्धित समाचार