free website hit counter

साढे २५ लाख धरौटी बुझाए निस्केका अग्रवाल सम्पत्ति शुद्धिकरण फन्दामा

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा २५ लाख धेरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल सम्पत्ति शुद्धिकरण विभागको फन्दामा परेका छन् । अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।
मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको हो । सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

अब कर्मचारीलाई १५–१५ दिनमा तलब

beemaadmin
२०८३ बैशाख ७, सोमबार