free website hit counter

सात फर्मले पाए चिनी आयातको अनुमति

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १९ हजार मेट्रिक टन चीनि आयात गर्नका लागि सातवटा फर्महरुलाई अनुमति दिएको छ । साउन २३ गते भारतबाट चिनि आयात गर्न विभागले जारी गरेको सूचनामा ७३ वटा फर्म तथा कम्पनीको आवेदन परेको थियो । प्राप्त आवेदनमध्ये पहिला आवेदन दिने सात वटा फर्मलाई चिनि आयातका लागि मनुमति दिइएको हो । यसरी अनुमति पाउने फर्महरुमा मयुरी ट्रेडलिङ्क, प्रणाम ट्रेडर्स, शिवाय इन्टरनेशल, विशाल ट्रेडलिङ, प्रणाम इन्टरनेशनल, सिजन इन्टरप्राइजेज र शिवशंकर ट्रेड कन्सर्न रहेका छन् । विभागका स्रोतकाअनुसार, चिनि आयात गर्नेगरी स्वीकृति पाएका फर्महरुलाई तीन दिनभित्र सम्झौता गर्न विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ । आयात गरिएको चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले निर्धारण गरेको चिनीको मूल्यमा उपभोक्ताले पाउने गरी बिक्री गर्नु पर्ने शर्त राखिएको छ । नजिकिँदो चाड पर्वलाई लक्ष्यित गरी चिनी आयातका लागि विभागले ट्रेडिङ कम्पनीमार्फत् ल्याउन लागेको हो । यसअघि उद्योगीहरुलाई उक्त कोटा वितरण गरिएको भए पनि मन्त्रालयले एक महिना नपुग्दै एकतर्फी सम्झौता रद्द गर्दै ट्रेडिङ कम्पनीलाई चिनी आयात खुलाएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार