free website hit counter

सातौं वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बद्वारा प्रस्तुत आव २०७५÷०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आव २०७५÷०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको बताइएको छ ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने रु. २५,५७,९९३।४२ नगद लाभांश वापत वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ । साधारण सभावाट सर्वसाधारण समूह तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष संजिव सुब्बाले संस्थामा प्रबिधिको उच्चतम प्रगोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र गा्रहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार