काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै व्यवसायमा उल्लेख्य प्रगति गरेको देखाएको छ ।
कम्पनीले पहिलो त्रैमासको अवधिमा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा १०९ प्रतिशतले बढेको हो । कम्पनीको गत आर्थिक बर्षको सोहि अवधिमा ७४ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ४ प्रतिशतले बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ करोड ४८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ९९ प्रतिशतले बढेर ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषमा ३ करोड २० लाख रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ६४ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासको अवधिमा २ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ११ करोड १९ लाख रुपैयाँ छ ।