काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको वर्तमान कार्यकाल आगामी कात्तिक ६ गते समाप्त हुँदैछ।
कम्पनीका अनुसार वर्तमान कार्यकाल सकिएपछि लागू हुने गरी उपाध्यायलाई थप चार वर्षका लागि दोस्रो कार्यकालमा सीईओ नियुक्त गर्ने निर्णय भएको हो। उनको दोस्रो कार्यकाल कात्तिक ७ गतेदेखि लागू हुनेछ।
उपाध्यायले अब थप चार वर्ष सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको नेतृत्व गर्नेछन्।