free website hit counter

सानिमा बैंकद्वारा बचत खाता अन्तर्गतको १० लाख दुर्घटना बीमा हस्तान्तरण

beemaadmin
२०८१ श्रावण ३, बिहीबार

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकका हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, १० हजार रूपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार