काठमाडौं । जीवन बीमा व्यवसायमा आफ्नो पहिचान स्थापित गर्न सफल बीमा कम्पनी सानिमा लाइफ ५ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । आज भन्दा ५ वर्ष अगाडि २०७४ मंसिर २२ गतेबाट जीवन बीमा व्यवसाय सञ्चालन गरेको सानिमा लाइफल छैठौं वर्षमा प्रवेश गरेको हो । एनआरएनहरुको प्रमुख लगानी रहेको सानिमा लाइफले स्वास्थ प्रतिस्पर्धालाई प्राथमिकता दिएको छ । कम्पनीका प्रमुख शेयरधनीहरुमा घनश्याम थापा, अरुण कुमार ओझा, विनयकुमार श्रेष्ठ, टेकनाथ निरौला, शाम्बा लामा, खेमराज लामिछाने, सोनम ग्याछो, प्रभा गोयन्का, हरेन्द्र प्रसाद जैशवाल, दिपक कुमार खड्का, ऋषि प्रसाद रिजाल र रामकृष्ण शाह रहेका छन् । स्थापनाकालदेखि कम्पनीले हालसम्म ११ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । हाल कम्पनीमा ६९ हजार वटा बीमा पोलिसी सक्रिय रहेका छन् । सर्वसाधारणलाई तीस करोड रुपैयाँको आइपिओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब पुगेको छ । जगेडा कोषमा ३० करोड नाघेको छ । बीमितहरुको जीवन बीमा कोषमा तीन अर्ब ७४ करोड रुपैयाँ जम्मा भइसकेको छ । जीवन बीमा व्यवसायका लागि कम्पनीले सात वटै प्रदेशमा १०९ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ । हाल ११ वटा जीवन बीमा पोलिसी सक्रिय छन् । बीमितको आवस्यकता अनुसार कम्पनीले पोलिसीको निर्माण गरि बिक्री गरिरहेको छ । नेपाल प्रहरीमा २७ वर्ष काम गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुमा प्रतिनिधित्व जनाइसकेका कुमार कोइराला कम्पनीको सञ्चालक समितिको अध्यक्ष छन् । बीमा क्षेत्रमा स्वच्छ छवी बनाएका अनुभवकी अगम मुखिया प्रमुख कार्यकारी अधिकृत छन् । स्थापनाकालदेखि अहिलेसम्म शेयरधनीहरुले भने ४।४२ प्रतिशत बोनस शेयर प्राप्त गरेका छन् । उक्त बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड पुगेको छ । नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिए सँगै सानिमा लाइफले रिलायन्स लाइफ सँग मर्जर गर्ने सहमति गरेको छ । मर्जरका सम्पुर्ण प्रकृयाँ अन्तिम चरणमा पुगिसकेको छ । कम्पनीले रिलायन्स लाइफ सँग बराबरी हैसियतमा मर्जर गर्न थालेको हो । मर्जर पछि कम्पनीले थप सिनर्जी ल्याउने विस्वास छ । उस्तै प्रकृतिका दुई कम्पनी एक भए सँगै चुक्ता पूँजी, जगेडा कोष, ब्रान्च नेटवर्क, कर्मचारी संख्या लगभग उस्तै छ । दुबैमा बाणिज्य बैंकको प्रमुख लगानी रहेको हुँदा सञ्चालकको त्यति ठुलो हस्तक्षेप पनि रहदैन । त्यसैले गर्दा यो मर्जर कर्पोरेट क्षेत्रकै सौहार्द मर्जर हुने अपेक्षा गरिएको छ । कम्पनीको पाँचौ वार्षिकोत्सवको सु-अवसरमा सम्पुर्ण ग्राहकवर्ग, व्यक्तिगत तथा संस्थागत अभिकर्ता, शेयरधनीहरु, नियमनकारी निकाय, शुभचिन्तक लगायत सबै सम्बन्धित निकायहरु तथा सरोकारवालाहरुको साथ र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेको छ ।