free website hit counter

सानिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने

beemaadmin
२०८१ आश्विन २१, सोमबार

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित कात्तिक १४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले सार्वजनिक शेयर निष्काशन (आईपीओ) गर्ने, सो बाट प्राप्त रकमको उपयोगका लागि रणनीति बनाउने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै शेयरधनीका नाममा कायम शेयर बापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी ७५.७४२१ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने, वार्षिक र लेखापरीक्षक प्रतिवेदन सहित गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्ताव पारित हुनेछ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार