free website hit counter

सानिमा शाखा जोरपाटीमा

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं । शाखा सञ्जाल विस्तारका क्रममा सानिमा बैंक लिमिटेडले काठमाडौंको जोरपाटीमा ७९औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थालेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा संयुक्त रुपमा भयो ।
समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।
त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बंंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार