free website hit counter

सानिमा सरल तथा एकल बीमा शुल्क भुक्तानी (सावधिक) जीवन बीमा योजनाका सुविधाहरु

beemaadmin
२०७९ चैत्र २, बिहीबार

काठमाडौं । यस बीमा योजना अन्तर्गत आफ्नो जीवन बीमा गरी आफ्नो आम्दानीको केही अंश बीमा शुल्क बापत बीमकलाई भुक्तानी गरी आफू र आफ्ना परिवारको उज्वल भविष्यको लागि निश्चित हुन सकिन्छ । यस योजना अन्तर्गत पुरा बीमा अवधिको एकैपटक (एकल बीमा शुल्क) बीमा शुल्क भुक्तानी गरी बीमालेख चालु गर्न पनि सकिन्छ ।

बीमा योजनाका उद्देश्यहरू
क) वृद्धावस्थाको लागि आर्थिक बचत, तथा अधिकतम प्रतिफल
ख) परिवारको लागि आर्थिक सुरक्षा
ग) नियमानुसार आयकरमा छुट ।

योजना विशेषताहरू
१) न्यूनतम प्रवेश उमेर ११ वर्ष
२) अधिकतम प्रवेश उमेर ६० वर्ष
३) न्यूनतम बीमा अवधि ७ वर्ष
४) अधिकतम बीमा अवधि ५९ वर्ष
५) न्यूनतम बीमाङ्क ३०,०००
६) अधिकतम बीमाङ्क आय स्रोतको आधारमा
निर्धारण गरिने छ ।

बीमाङ्कको आधारमा छुट प्रतिहजार बीमाङ्कमा छुट
रू. १,००,००० देखि १,९९,९९९ सम्म रू. १।–
रू. २,००,००० वा सोभन्दा माथि रू. २।–
(बीमाङ्क रू. १०,०००÷– गुणाङ्कमा हुनुपर्ने)।

बीमा शुल्क भुक्तानी तरिकाको आधारमा छुट प्रदान
वार्षिक भुक्तानीमा २% छुट
अर्धवार्षिक भुक्तानीमा १% छुट
त्रैमासिक भुक्तानीमा कुनै छुट तथा थप छैन

समर्पण मूल्य तथा कर्जाको व्यवस्था
बीमा अवधि ३ वर्ष पुरा र बीमा शुल्क ३ वर्षको भुक्तानी भएपछि बीमालेखबाट समर्पण मूल्य तथा कर्जा प्राप्त गर्न सकिने छ ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था
क) बीमा अवधिको समाप्ति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट प्राप्त हुनेछ ।
ख) बीमा समाप्त हने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस बीमितको कानूनी हकवालालाई एक मुष्ट प्रदान गरिने छ ।

पुरक करार अन्तर्गत थप सुविधाको व्यवस्था
क) दुर्घटना मृत्युलाभ (Accidental Death Benefit) : यस योजना अन्तर्गत न्यूनतम थप बीमा शुल्क भुक्तानी गरी यो सुविधा उपयोग गर्न सकिन्छ । यदि बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमालेख र पुरक करारको अधिनमा रही पुरक करारमा उल्लेखित बीमाङ्क बरावरको थप रकम बीमितको कानूनी हकवालालाई एकमुष्ट प्रदान गरिने छ ।

ख) स्थायी अपाङ्गता अशक्तता तथा बीमा शुल्क छुट सुविधा (Permanent Total Disability and Premium Waiver Benefits) : यदि बीमितको दुर्घटनाको कारण शारीरिक अङ्गभङ्ग वा अशक्तता भएमा बीमालेख र पुरक करारको अधिनमा रही अशक्तता र बीमा शुल्क छुट सुविधा उपभोग गर्न सकिन्छ । यो सुविधा लिन (क) बमोजिमको दोहोरो दुर्घटना लाभ अनिवार्य लिनु पर्ने छ ।

सम्बन्धित समाचार