free website hit counter

सालीलाई उपहार दश लाखको बीमा पोलीसी

beemaadmin
२०७८ बैशाख १२, आईतवार

काठमाडौं । ओइलाएर जाने फूल र खर्च हुने नगद भन्दा जीवनभर याद दिलाउने उपहार नै ठूलो हुन्छ । त्यसैले अहिले बच्चाको जन्मदिन, भातखुवाई उर विवाहमा दिने उपहार बीमा पोलिसी बन्ने गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले आफ्नी सालीलाई १० लाखको बीमा पोलिसी उपहार दिएका छन् । झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीदाई बचत र सुरक्षाका लागि महत्वपुर्ण भएकाले बीमा पोलिसी हस्तान्तरण गरेको बताएका छन् । गाग्रो र भाँडाकुँडा भन्दा वर्षौसम्म उपयोग र सम्झना होस् भन्ने हेतु ले पोलिसी दिएको उनले बताएका छन् । यो नौलो र उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रवन्धक गुञ्जन थापाले बताएका छन् । जिवनका यस्ता महत्वपुर्ण शुभ कार्यमा जिवन बीमा नै एक सहि उपहार साबित होस भनेर अभियान नै सञ्चालन हुनु पर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार