काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा ग्राहक, अभिकर्ता, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले नौ वर्षको यात्रामा प्राप्त उपलब्धि र अनुभवलाई आत्मसात् गर्दै आगामी दिनमा अझ गुणस्तरीय, विश्वसनीय तथा ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले आफ्नो यात्रामा निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, व्यावसायिक सिटिजन लिडर, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन समूह तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको हो।
यस अवसरमा कम्पनीले नेपालीहरूको महान् पर्व बडादशैंको शुभकामना पनि व्यक्त गरेको छ। कम्पनीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।
‘विश्वास, सुरक्षा र समृद्धि’लाई मूल भाव बनाउँदै अघि बढिरहेको कम्पनीले आगामी दिनमा पनि जीवन बीमामार्फत आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसा अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।