free website hit counter

सिटिजन लाइफको आईपीओ बाँडफाँड

beemaadmin
२०८० श्रावण २३, मंगलवार

काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा बाँडफाँड गरिएको हो। सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोडमध्ये ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी जम्मा प्रतिसेयर २४४ रुपैयाँका दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको थियो।

यो आईपीओ गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म बिक्री खुला गरिएको थियो। यो आईपीओमा १९ लाख ३० हजार ९०० कित्ता खरिदका लागि २७ हजार ६३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकबाट ३३० कित्ता रितपूर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठहर्याई रद्द गरी कुल २७ हजार ६२८ जना आवेदकबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो।

तीमध्ये न्यूनतम १० कित्तादेखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ आवेदकलाई मागबमोेजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ आवेदकलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बाँडफाँडपश्चात बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार