free website hit counter

सिटिजन लाइफले कमायाे ३६ कराेड नाफा, अन्य सूचक कस्ताे ?

beemaadmin
२०८३ बैशाख २९, मंगलवार

काठमाडौं । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ०.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

Advertisement
Advertisement

समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४७ करोड ९ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३७ करोड १२ लाख रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोष २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कोष १८ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको थियो। यसरी कम्पनीको जीवन बीमा कोष ३६.२७ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, कम्पनीले समीक्षा अवधिमा ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल बीमाशुल्क ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ थियो। यस अवधिमा कुल बीमाशुल्क आर्जन २२.३८ प्रतिशतले बढेको छ।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि वृद्धि भएको छ। चालु वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँको तुलनामा २३.४० प्रतिशत बढी हो।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.६० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ९.५४ रुपैयाँ रहेको थियो। कम्पनीको पीई रेसियो ४८.५४ गुणा तथा प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार