free website hit counter

सिटिजन्स बैंकले दिने भयो १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर

beemaadmin
२०७६ आश्विन ११, शनिबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १३औं वार्षिक साधारण सभाले वितरण योग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतल बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सभाले आव. २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित पनि गरेको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५र७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम रु. १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु। २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

डाइरेक्टरमा युवा उद्यमी पाण्डे

सिटिजन्स बैंक इन्टरनेसनलको बोर्ड अफ डाइरेक्टरमा युवा उद्यमी प्रवलजङ्ग पाण्डे चुनिएका छन् । उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि डाइरेक्टर भइकेका छन् भने बैंकमा पहिलो पटक बैंकको डाइरेक्टरमा चुनिएका हुन् । सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको लगानी ठूलो छ भने विभिन्न बैंक, बिमा कम्पनीमा पनि उनको लगानी रहेको बताइन्छ ।
पाण्डे कसमस सिमेन्टमा डाइरेक्टर भने इस्टन कसमसमा पनि डाइरेक्टरकै भूमिकामा छन् । लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका डाइरक्टरकै छ । त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा पनि पाण्डे आवद्ध छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार