free website hit counter

सिटिजन्स बैंकले एकसाथ थप्यो ४ नयाँ शाखा 

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । शाखा सञ्जाल विस्तारलाई अभियानकै रुपमा अघि बढाएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै पटक पाँच नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको जनाएको छ । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं ५ को जीतपुरमा शाखा विस्तार गरेको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार