free website hit counter

सिटिजन्स लाइफले गर्यो आर्ट अफ सक्सेज कार्यक्रम

beemaadmin
२०७६ फाल्गुन १९, सोमबार

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले ‘आर्ट अफ सक्सेज’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम बसुन्धरा बैंक्वेटमा सम्पन्न भएको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका हुन् ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्दि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रशिक्षक डा। मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूने पर्ने गुणहरु बारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको बेजोड संलग्नता थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार