free website hit counter

सिड्नी आक्रमणमा ६ जनाको ज्यान गुम्यो

beemaadmin
२०८१ बैशाख २, आईतवार

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको आक्रमणमा ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ। अन्य कयौँको उपचार चलिरहेको छ। आक्रमणकारी ४० वर्षीय पुरुष भएको प्रहरीको भनाइ छ। प्रहरीले गोली हानेर ती व्यक्तिको ज्यान लिएको छ। ती व्यक्ति एक्लैले सो आक्रमण गरेको प्रहरीको भनाइ छ। ती आक्रमणकारीलाई गोली हान्ने प्रहरी अधिकारी एक्लै थिइन्। उनलाई प्रधानमन्त्री एन्टोनी अल्बानिजले ‘नायक’ भनेका छन्। उनले कयौँको ज्यान बचाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। आक्रमणको उदेश्य के थियो भन्ने स्पष्ट भइसकेको छैन। यो आतंकवादी हमला हुनसक्ने आकलन पनि गरिएको छ। बोन्डी जंक्सनको वेस्टफिल्ड सपिङ सेन्टरमा सो घटना भएको थियो। एजेन्सी

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार