free website hit counter

सिड्नीमा मृत भेटिए अमित

beemaadmin
२०७६ फाल्गुन ७, बुधबार

सिड्नी । सिड्नीको समुन्द्री तटमा एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन्। युवा फुटबलर अमित सोनार समुन्दी तटमा मृत भेटिएका हुन्। ३२ वर्षीय सोनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फेला परेको प्रहरीले जनाएको छ। सोनार आइतबारदेखि नै सम्पर्क विहीन भएपछि उनकी श्रीमतीले प्रहरीमा जानकारी गराएकी थिइन्।

प्रहरीले मोवाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनी सन् २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए। पिआर लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्नका लागि तास्मानिया पठाएका थिए।

सोनार पनि तास्मानिया जाने तरखरमा रहेको बताइएको छ । सोनार सिड्नीको ग्रानभिल फ्रेण्ड्स र जेन्टजर्ज क्लबबाट फुटबल खेल्ने गर्दथे।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार