free website hit counter

सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ करोड, बीमा शुल्क २.६५ अर्ब

beemaadmin
२०७९ श्रावण २२, आईतवार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफा ८.३२ प्रतिशतले घटेर ३२ करोड १० लाख ७१ हजारमा सीमित हुन पुगेको छ । समीक्षा अवधीको अघिल्लो आवमा कम्पनीले ३५ करोड एक लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत असार मसान्तसम्ममा दुई अर्ब ६१ करोड ७६ लाख ४२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । सो रकम गत आवको तुलतामा १.६१ प्रतिशतले घटी हो । गत आवमा कम्पनीले दुई अर्ब ६५ करोड ९५ लाखभन्दा बढि कूल बीमा शुल्क आम्दानी गरेको थियो । समीक्षा अवधीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय ८.६७ प्रतिशतले घटेर २५ करोड ७२ हजार ९७ हजारमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी २८ करोड १७ लाख २५ हजार रुपैयाँ थियो । कम्पनीको व्यवस्थापन खर्च १२.७८ प्रतिशतले बढेर ४० करोड ५९ लाख सात हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा ३५ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी २० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले खुद बीमा शुल्कलाई कूल बीमा शुल्कको अनुपातमा बढाएपछि खुद दावी भुक्तानीमा बृद्धि भएको हो । समीक्षा अवधीको अघिल्लो आवमा ५७ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले गत आवको असार मसान्तसम्ममा ६९ करोड २४ लाख ३६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । कम्पनीको जगेडा कोष ९।३७ प्रतिशतले घटेर ३४ करोड ४९ लाखबाट ३१ करोड २६ लाखमा झरेको छ । कम्पनीको बीमा कोषमा एक अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ संचिती गरेको छ । कम्पनीको महाविपत्ति कोषसहित तीन वटै कोषको आकार १० प्रतिशतले बृद्धि गरी एक अर्ब ४२ करोडबाट एक अर्ब ५७ करोड पुर्याउन सफल भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार