free website hit counter

सिद्धार्थ इन्स्योरेन्सले बढायो नाफा, खुद बीमाशुल्क ५४ करोड नजिक

beemaadmin
२०७७ माघ ३०, शुक्रबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले समिक्षा अवधिमा १३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको सोही अवधिको तुलनामा ५२.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ९ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
इन्स्योरेन्सले यस अवधिमा ५३ करोड ९६ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५ करोड ८९ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४८ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १७ करोड ७४ लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ७२ लाख रुपैयाँ, बीमा कोषमा ९० करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ३३ लाख रुपैयाँ सञ्चित छ। हालसम्म १ लाख ४१५ वटा बीमालेख जारी गरी एक अर्ब २६ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सका २१ हजार ९८२ वटा बीमालेख नवीकरण भएका छन्।
कम्पनीले कूल ३ हजार ९३४ दाबी बापत ५१ करोड ८८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७ हजार ७१४ दाबी बापत १ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार