free website hit counter

सिद्धार्थ बैंकले पारित गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस र १० प्रतिशत नगद

beemaadmin
२०८३ आश्विन २८, बुधबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणसँगै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसमेत पारित गरेको छ ।

Advertisement
Advertisement

बैंकको हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतका दरले एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गरिनेछ ।

Advertisement
Advertisement

त्यसैगरी, सोही चुक्ता पुँजीको १० प्रतिशतका दरले एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ । नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ ।

अग्राधिकार सेयरधनीलाई पनि लाभांश

साधारण सभाले बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।

बैंकका अनुसार अग्राधिकार सेयरतर्फको तीन अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ लाभांश वितरण गरिनेछ । उक्त लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा गणना गरिएको हो ।

वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण पारित गरेको छ ।

यसअन्तर्गत नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरणसमेत स्वीकृत भएका छन् ।

त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाले पारित गरेको बैंकले जनाएको छ ।

लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित भएसँगै बैंकका सेयरधनीले बोनस सेयर र नगद लाभांश दुवै प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार