free website hit counter

सिभिल र एफवन सफ्टबीच सम्झौता

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

काठमाडौं । सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउन सम्झौता भएको बताइएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवनका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।

बैंकले मोबाइल बैकिङ्ग सुविधालाई अझ सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो । अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्न,पैसा पठाउन, पैसा जम्मा गर्न, बैंक लोनजस्ता सेवाहरु लिन सक्छन् । बैंकले करिब सात लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार