free website hit counter

सिवाईसी लघुवित्तका ३ लाख ९५ हजार कित्ता आइपीओ आउने

beemaadmin
२०७८ असार २५, शुक्रबार

काठमाडौं । फेरि शेयर बजारमा चार लाख कित्ता साधारण शेयर आउन लागेको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा झण्डै ४ लाख कित्ता आइपीओ बिक्रीमा ल्याउन लागेको हो । लघुवित्तले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ३ लाख ९५ हजार ३३५।९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त (घ) वर्गको राष्ट्रियस्तरको यस लघुवित्तले हालै मात्र शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ । प्राप्तिपश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७।०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७।५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भइसकेको छ ।

सम्बन्धित समाचार