काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा प्रवीण रमण पराजुलीले पदभार सम्हालेका छन् । उनले बिहीबारदेखि आफ्नो पदभार सम्हालेका हुन् । बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीले पराजुलीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको थियो । कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बिहीबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनी सचिव विनोदकुमार भुजेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।