free website hit counter

सीमा विवादमा यस्ताे छ भारतकाे प्रतिक्रिया

beemaadmin
२०८३ बैशाख २१, सोमबार

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राका लागि लामो समयदेखि प्रयोग हुँदै आएको ऐतिहासिक मार्ग भएको बताउँदै यस विषयमा नेपालले प्रस्तुत गरेका सीमासम्बन्धी दाबीहरू अस्वीकार गरेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले उक्त यात्रासँग जोडेर व्यक्त गरेको सीमा सम्बन्धी धारणा बारे सोधिएको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन्।

Advertisement
Advertisement

उनका अनुसार, यस विषयमा भारतको अडान स्पष्ट र निरन्तर रहेको छ। “लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग हो र दशकौँदेखि सोही मार्गबाट यात्रा हुँदै आएको छ,” उनले भने, “यो कुनै नयाँ घटना होइन।”

Advertisement
Advertisement

भारतले नेपालका दाबीहरूलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार गरेको छ। जैसवालद्वारा जारी वक्तव्यमा भनिएको छ, “यस्ता एकपक्षीय र कृत्रिम रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु दीर्घकालीन रूपमा टिकाउ हुँदैन।”

साथै, भारतले नेपालसँगका द्विपक्षीय विषयहरूमा रचनात्मक संवादका लागि आफू तयार रहेको जनाएको छ। बाँकी रहेका सीमा विवादहरूलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत खुला रहेको पनि प्रवक्ता जैसवालले उल्लेख गरेका छन्।

सम्बन्धित समाचार