free website hit counter

सुत्केरी गराउन अस्पताल लैजाँदै गरेकी गर्भवती प्रेमिकालाई बलात्कार

beemaadmin
२०७८ श्रावण १४, बिहीबार

एजेन्सी । अमेरिकामा २४ वर्षका एक युवकलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । यी युवकले आफ्नो साथमा १२ वर्षकी गर्भवती बालिकालाई सुत्केरी गराउन अस्पताल लिएर आएका थिए । युवकले आफू ती बालिकासँग सम्बन्धमा भएको बताएका थिए । ओक्लाहोला सहरको हिलक्रेस्च मेडिकल सेन्टरले केही दिन पहिले पुलिसलाई १२ वर्षकी बालिकालाई सुत्केरी गराउन ल्याइएको सूचना दिएको थियो । त्यसैको आधारमा पुलिसले युवकलाई पक्राउ गरेको हो । पिपुल म्यागजिनका अनुसार बालिका सफलतापूर्वक सुत्केरी भएर छोरी जन्माएकी छिन् । आमा र छोरी दुवै स्वस्थ छन् । पुलिसले युवकलाई पक्राउ गरेको छ । २४ वर्षका जुआन मिरान्डा जरा नामका यी व्यक्तिले पुलिसलाई बताएअनुसार उनी २०२० अक्टोबरदेखि नै ती बालिकासँग सम्बन्धमा छन् । पुलिसका अनुसार ती युवकलाई आफ्नो सम्बन्ध स्वीकार गर्न कुनै हिच्किचाहट थिएन र उनी आफू पिता बनेकोमा गर्व महसुस गरिरहेका थिए ।
यी युवक अस्पतालमा पुलिस देखेपछि पनि निकै अल्मलिएका थिए । उनलाई यो कुराको पटक्कै महसुस थिएन कि उनले एक नाबालिगसँग शारीरिक सम्बन्ध राखेर गम्भीर अपराध गरेका छन् । ओक्लाहोमा सहरमा शारीरिक सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो । अर्थात १६ वर्षभन्दा कम उमेरका कसैसँग पनि शारीरिक सम्बन्धलाई सहमतिमै भएको भए पनि बलात्कार मानिन्छ । पुलिस अधिकारी ड्यानी बीनले फक्स २३ सँग कुरा गर्दै बताएअनुसार ती २ जना अन्य आम जोडीहरुजस्तै अस्पतालमा आएका थिए र बच्चा जन्माउने कुरालाई लिएर निकै उत्साहित थिए । उनीहरुलाई यो सब सामान्य हो भन्ने लागिरहेको थियो । बालिकाले छोरी जन्माएकी छिन् र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । जुआन र यी बालिकाको भेट कसरी भयो भन्ने विषयमा पुलिसले कुनै जानकारी दिएको छैन ।
१२ वर्षकी बालिका ९ महिनासम्म गर्भवती रहँदा कसैले प्रशासनमा किन जानकारी दिएनन् भन्ने विषयमा पनि पुलिसले जाँच गरिरहेको छ । सामाजिक संजालमा गरिएका केही पोस्टमा जुआनका आफन्तलाई यसबारे थाहा भएको पनि पाइएको छ । जुआनले आफू नाबालिगसँग सम्बन्धमा भएको मात्र नभइ बेबी शावरका तस्वीर पनि पोस्ट गरेका थिए । जुआनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । अब छुट्नको लागि उनले ५० हजार डलरको बोन्ड तिर्नुपर्नेछ । जुआनलाई अब २६ अगस्टमा अदालत पेश गरिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार