काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।
शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ।