free website hit counter

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि

beemaadmin
२०८१ माघ ९, बुधबार

काठमाडौं । बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो दिनदेखि सुनको मूल्य निरन्तर रुपमा बढेको हो । त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार