free website hit counter

सुन र चाँदीको मूल्यमा गिरावट

beemaadmin
२०८२ फाल्गुन ४, सोमबार

काठमाडौं । फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी तोलाको ४ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार