free website hit counter

सुनको मूल्य एकै दिन १८ सय बढ्यो, हालसम्मकै उच्च मूल्यमा कारोबार

beemaadmin
२०८१ असार २८, शुक्रबार

काठमाडौं । एकै दिन सुनको मूल्य १८ सय रुपैयाँले बढेर नयाँ हालसम्मकै उच्च पुगेको छ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै उच्च हो । यसअघि गत आइतबार असार २३ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज बजारमा तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन बिहीबार मात्रै तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । शुक्रवार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार