free website hit counter

सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

beemaadmin
२०८३ भाद्र २३, मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै मंगलबार स्थानीय बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

सम्बन्धित समाचार