काठमाडौं — नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।