free website hit counter

सुनको मूल्य २ लाख नाघ्यो

beemaadmin
२०८२ भाद्र १३, शुक्रबार

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले दुई लाखको नेटो काटेको छ । भदौ १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख नाघेको हो। अघिल्लो दिन अर्थात बिहीबार रेकर्डस्तरमा कारोबार भएको सुनको मूल्यले यस दिन सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य रेकर्डस्तरमा कारोबार भइरहेको छ। गत साउन १० गते तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा भने यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

सम्बन्धित समाचार