free website hit counter

सुनको मूल्यमा गयो पहिरो

beemaadmin
२०८१ श्रावण ६, आईतवार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । गत साता हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ४८३ डलर पुगेको सुनको मूल्यमा व्यापक गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.६८ प्रतिशत अर्थात प्रतिऔंस ४१.०५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४००.७८ डलरमा झरेको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य १.८१ प्रतिशत अर्थात प्रतिऔंस ०.५४ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा कारोबार भईरहेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एक साताको अवधिमा १ प्रतिशतले घटेको छ । यो साता सुन ट्रेडरको सेन्टिमेन्टमा व्यापक उतारचढाव आयो । यस्तो हुनुमा विभिन्न कारणले भूमिका खेलेका छन् । वर्तमान समयमा चीनको अर्थतन्त्र अपेक्षा विपरीत सुस्त गतिमा चलिरहेको छ । यस्तै आगामी नोभेम्बर ५ मा हुन गईरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्ने सम्भावना बढेसँगै डलरको मूल्य समेत वृद्धि भईरहेको छ । यी कारणले सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य एक साताको अवधिमा ०।२६ प्रतिशतले बढेको छ । यसका अतिरिक्त अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनले नाम फिर्ता लिन सक्ने सम्भावना समेत उच्च बनेका कारण सुनको मूल्य प्रभावित बनेको छ । डेमोक्रयाटिक पार्टीका उच्च तहका नेताहरुले ट्रम्पको हत्या प्रयासपश्चात बाइडेनले ट्रम्पलाई पराजित गर्ने सम्भावना नरहेको दाबी गरेका छन् । गत बिहिबार अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिकाको केन्द्रीय बैंकले सन् २०२४ को अन्त्यसम्म ब्याजदरमा कटौती गर्न नुहुने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार