free website hit counter

सुनको मूल्यमा फेरि अर्को कीर्तिमान

beemaadmin
२०८१ भाद्र ५, बुधबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार