free website hit counter

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८१ कार्तिक २९, बिहीबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.९२ प्रतिशत अर्थात ५० डलरले घटेको छ । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५६० डलरमा कारोबार भईरहेको छ । अमेरिकी अर्थतन्त्रमा उपभोक्ता मूल्य वृद्धि भएको प्रतिवेदन सार्वजनिक भएसँगै अमेरिकी डलरको भाउ र बोन्डको प्रतिफल समेत बढेको छ । जसका कारण सुनको मूल्यमा भारी गिरावट आएको हो । यस्तै अमेरिकी श्रम बजारमा समेत क्रमिक सुधार आईरहेकाले मुद्रास्फिती कम हुँदै गएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३६ डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३०.१६ डलरमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार