free website hit counter

सुनचाँदीको मूल्य बढ्यो,, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०८० भाद्र ७, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो। मूल्य बढेसँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो। यस्तै, बिहीबार १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार