free website hit counter

सुनिल पौडेलविरुद्ध २३ करोडको बिगो दाबीसहित मुद्दा दायर

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका पौडेलविरुद्ध आयोगले आइतबार मुद्दा दायर गरेको हो । आयोगले २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको हो । उनको बैध आम्दानी १ करोड १९ लाख २४ हजार ८४६ देखिएको थियो । तर उनको खर्च र लगानी २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैँया देखिएको छ । यसरी २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँको पौडेलको आयको स्रोत नखुलेको अख्तियारले जानकारी दिएको छ । यसअघि अख्तियारले उनलाई माघ १० गते पक्राउ गरेको थियो । आम्दानीको तुलनामा उनको आर्जन धेरै बढि देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । यसैगरी, सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पनि आयोगले आज मुद्दा दर्ता गरेको छ । अमेरिकाको पीआर लिएर झुटो विवरण उपलब्ध गराएको तथा कानुन विपरित सार्वजनिक पदमा बसेको उनीमाथि आरोप रहेको छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा उनलाई माघ १० गते नै पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार