free website hit counter

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

काठमाौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २६ लाख २० हजार ३४१ आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। सोमध्ये २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको छ भने ३९ हजार ८७१ आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार