काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सर्टलिष्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की परेका थिए । कम्पनीले व्यावसायिक कार्यजोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि सर्टलिष्टमा परेकाहरूलाई हिजो शनिबार बोलाएको थियो । अध्यापन र प्रशासनमा दख्खल थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए । नेपाल पुनर्बीमा कम्पनी ठूलो कम्पनी भएकाले यसको सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालन प्रभावकारी बनाउनमा आफ्नो भूमिका केन्द्रित हुने थापाले बताए ।