free website hit counter

सुवेदीले पाए चिफ मार्केटिङ अफिसरको जिम्मेवारी

beemaadmin
२०८१ मंसिर १२, बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इन्द्रराज सुवेदीलाई प्रमुख बजार अधिकृतको जिम्मेवारी दिएको छ। सुवेदी करिब डेढ महिना अघि हिमालयन लाइफ इन्स्योरेन्सबाट राजीनामा दिएर आइएमई लाइफ इन्स्योरेन्स प्रवेश गरेका थिए । आइएमई लाइफ इन्स्योरेन्समा उनी हालै मात्र प्रवेश गरेपनि आइएमई समूह मुख्य प्रवर्द्धक रहेको वाणिज्य बैंक, ग्लोबल आइएमई बैंकमा उनले शाखा प्रबन्धक र भारतस्थित सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरि सकेका छन् । सुवेदी यसअघि हिमालयन लाइफको मधेश प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका थिए । साबिक यूनियन लाइफ इन्स्योरेन्सको स्थापनाकाल देखि आबद्ध सुवेदी प्राइम, गुराँस र यूनियन लाइफको मर्जरपछि जन्मिएको हिमालयन लाइफ इन्स्योरेन्समा मधेश प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन् । करिब ७ वर्षसम्म जीवन बीमा व्यवसायमा काम गर्नु अघि उनी बैंकरका रूपमा कार्यरत थिए । उनको बैंक तथा वित्तीय क्षेत्रको पेशागत यात्रा सिद्धार्थ बैंकबाट शुरू भएको हो । अध्ययन अध्यापनमा समेत रूची राख्ने सुवेदीले हाल भारतीय विश्वविद्यालयबाट जीवन बीमा विषयमा विद्यावारिधिका लागि शोध समेत गरिरहेका छन् ।

सम्बन्धित समाचार

पहिरो गएको सुनको मुल्य आज बढ्यो

beemaadmin
२०८१ मंसिर १२, बुधबार

एलआईसी नेपालको हकप्रद खुल्यो

beemaadmin
२०८१ मंसिर १२, बुधबार