free website hit counter

सूर्य चिन्ह लिएर कमल थापा मैदानमा

beemaadmin
२०७८ चैत्र ३०, बुधबार

काठमाडौं । पार्टी अध्यक्षमा पराजित भएपछि दरबारपट्टि फर्किएर हारको लाज पचाएका कमल थापा अन्ततः एमालेको शरणमा पुगेका छन् । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। दुई पार्टीबीच आगामी स्थानीय तहको निर्वाचनमा चुनावी सहकार्य गर्ने सहमति भएको हो। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुने र राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार