free website hit counter

सूर्यज्योति लाइफको नाफा ४६ करोड नाघ्यो

beemaadmin
२०८० श्रावण २९, सोमबार

काठमाडौं । सूर्यज्योति लाइफले गत आवको वित्तीय विवरण प्रकाशति गर्दै जीवन बीमा कोष र मुनाफा दुवैमा उल्लेख्य बृद्धि भएको देखाएको छ । कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ संचित रहेको छ । अघिल्लो आवमा सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीमा गरी कूल २० अर्ब ३५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो । कम्पनीको समग्र जगेडा कोष ३५.०४ प्रतिशतले बृद्धि भई २९ अर्ब ८० करोडको शक्तिशाली कोष बनाउन सफल भएको छ । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको सुर्यज्योति लाइफको खुद बीमा शुल्क आम्दानी सामान्य अंकले घटेर ८ अर्ब ५४ करोडबाट आठ अर्ब ५१ करोडमा झरेको छ । त्यस्तै खुद दावी भुक्तानी उल्लेख्य बृद्धि भई एक अर्ब ४२ करोडबाट दुई अर्ब चार करोडमा पुगेको छ । कम्पनीको कर्जा लगानी तथा अन्यबाट प्राप्त आम्दानी ११.९३ प्रतिशतले बृद्धि भई दुई अर्ब २३ करोडबाट बढेर दुई अर्ब ५० करोड पुगेको छ । त्यस्तै, व्यवस्थापन खर्च ९६ करोडबाट घटेर ८९ करोडमा झरेको छ । कम्पनीका अभिकर्ताले पाउने कमिशन १७.७९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष एक अर्ब ११ करोड कमिशन बापत अभिकर्ताले बुझेकोमा गत आवमा ९१ करोड रुपैयाँ मात्रै अभिकर्ताले कमिशन बापत रकम पाएका छन् ।
त्यस्तै कम्पनीको खुद नाफा २३.१८ प्रतिशतले बृद्धि भई ३७ करोडबाट बढेर ४६ करोड नाघेको छ । यद्यपि बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै वास्तविक रुपमा आउनेछ । कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या पाँच लाख ४४ हजार ८१९ बाट बढेर ११ लाख ३० हजार ५७५ पुगेको छ । कूल चुक्ता पुँजि चार अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.१३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७८४.८२ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार