free website hit counter

सूर्यज्योति लाइफद्वारा बाढीपीडितका लागि १ करोड सहयोग

beemaadmin
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गरेको जनाएको छ।

Advertisement
Advertisement

कम्पनीका अनुसार आर्थिक सहयोगले बाढी प्रभावित नागरिकका तत्कालीन आवश्यकता पूरा गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।

सूर्यज्योति लाइफले यसअघि पनि राष्ट्रिय आवश्यकता परेका विभिन्न विपद् तथा कठिन परिस्थितिमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा समेत राष्ट्रलाई आवश्यकता परेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ।

कम्पनीले विपद्को यस कठिन घडीमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार