free website hit counter

सूर्या लाइफले बीमाशुल्कसँगै नाफा पनि बढायो

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चौथौ त्रैमाससम्मा बीमा शुल्कसँगै नाफामा पनि वृद्धि गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन गत बर्षको सोहि अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १४ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० करोड ८६ लाख रुपैंयाबाट बढेर २६ करोड २७ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा बढेको देखिएको हो । जीवन बीमा कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले ४ हजार २५४ वटा दाबी वापत ४९ करोड ५४ लाख रुपैंया भुक्तानी गरेको छ भने ५ लाख २ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको चुक्ता पूँजीमा २ अर्ब १५ करोडरुपैंया रहेको भने जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ७ अर्ब ४२ करोड रुपैंया छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार