free website hit counter

सूर्या लाईफका सिईओ पाण्डेले बुझाए राजिनामा

beemaadmin
२०७७ कार्तिक २०, बिहीबार

काठमाडौं । आफ्नो कार्यकाल सकिनै लाग्दा सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले राजिनामा बुझाएका छन् । आफ्नै पेशा व्यवसाय थाल्ने सोचले उनले राजीनामा बुझाएको बताइएको छ ।

उनको कार्यकाल तीन महिना बाँकी छँदै सोमबार नै पदबाट राजिनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका हुन् ।

सिईओ पाण्डेले आफ्नो व्यक्तिगत व्यवसाय गर्ने उद्देश्यले राजिनामा दिएको बताए । उनले भनेका छन, अब आफैंले केही गर्ने सोचेको छु । कोरोना महामारी पनि छ । आराम गर्ने र आफ्नो व्यवसाय गर्ने सोँच छ ।

सम्बन्धित समाचार