free website hit counter

सेञ्चुरी बैंकले ल्यायो एक हजारको खातामा ८ लाखको बिमा सुविधा

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । बैंकहरुबीच ग्राहकलाई सेवा थप्ने होडबाजी नै चलेको छ । यही बेला सेञ्चुरी बैंकमा खाता खोल्ने कर्मचारीलाई १ हजार रुपैयाँको खाता खोल्दा ८ लाखको बिमा सुविधा उपलब्ध गराउने भएको छ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु १,००० मा बचत खाता खोल्ने गरी प्रीमियम पेरोल म्यानेजमेन्ट खाता वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी हालै शुभारम्भ गरेको हो ।
ग्राहकहरुले सात लाख बराबरको आकस्मिक दुर्घटना बीमा र एकलाखसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउनेसमेत बैंकले जनाएको छ ।
साथै निःशुल्क एसएमएस मोबाइल र ई–बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने बैंकले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार